थप समाचारआइतबार, मंसिर २, २०७०
इलाममा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप
इलाममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । इलामको नामसालिङ– ३ मा १ मंसिर राती भएको झडपमा परी दुवै पक्षका ६ जना घाइते भएका छन् ।
झडपमा दुवै पक्षका तीन– ३ कार्यकर्ता घाइते भएको इलाम प्रहरीले जनाएको छ । घाइतेहरुको इलाम अस्पतालमा उपचार भइरहेको छ ।
आक्रमणको दोष दुवै पक्षले एक–आपसलाई लगाएका छन् । सदरमुकाम इलामको चुनावी सभाबाट फर्किरहेका कांग्रेस कार्यकर्ता चढेको गाडीलाई साइड नदिएको विषयमा विवाद हुँदा झडप भएको प्रहरीले जनाएको छ ।

