थप समाचारआइतबार, मंसिर २, २०७०
एमाओवादी कार्यकर्ताद्वारा खुकुरी प्रहार
रुकुमको बाँफिकोट– ९ मा एमाओवादी कार्यकर्ताले एक जनालाई खुकुरी प्रहार गरेका छन् । स्थानीय डम्बर केसीलाई १ मंसिर राती एमाओवादी कार्यकर्ताले खुकुरी, लाठी र मुक्का प्रहारका हुन् ।
आक्रमणबाट उनको टाउको, छाति र हात–खुट्टामा चोट लागेको छ । घाइतेको जिल्ला अस्पताल रुकुममा उपचार भइरहेको छ । उनी खतरामुक्त भएको अस्पतालले जनाएको छ ।
छिमेकीको घरमा बिरामी भेट्न गएको बेला १०– १२ जनाको संख्यामा आएका एमाओवादी कार्यकर्ताले घर बाहिर बोलाएर एक्कासी आक्रमण गरेको पीडितले बताए । नेपाली कांग्रेसको प्रचारप्रसारमा हिडेको भन्दै उनीहरुले केसीलाई धम्कि दिइरहेका थिए ।
वचन थापा, रुकुम
