समाचारसोमबार, मंसिर ३, २०७०
चितवनमा एमालेका तीन कार्यालयमा बम प्रहार
चितवन भरतपुरस्थित एअरपोर्ट नजिक रहेको एमाले पार्टी कार्यालयमा २ मंसीर राति पौने आठ बजे वम प्रहार भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सञ्जय राउतले जानकारी दिएका छन् । त्यस्तै भरतपुर ११ र १२ मा रहेको सम्पर्क तथा वडा कार्यालयमा पनि पेट्रोल वम प्रहार भएको प्रहरीले जनाएको छ ।
नेकपा–माओवादी नेतृत्वको मोर्चाले बन्दको आह्वान गरेको सातौं दिन भएको उक्त बम प्रहारबाट जिल्ला पार्टी कार्यालयमा भने कुनै क्षति नभए पनि वडा नं. १२ सम्पर्क कार्यालयमा सामान्य क्षति पुगेको छ ।
जिल्लामा हिंसात्मक गतिविधीहरु बढेपछि जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएकोे सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताएका छन् ।
सविता श्रेष्ठ, चितवन
