समाचारसोमबार, मंसिर ३, २०७०
दाङमा सिलिन्डर बम विस्फोट
बम विस्फोट भएको स्थान नजिकै मतदान केन्द्र पनि छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तुलबहादुर कार्कीले जनमानसलाई त्रसित गराउन विस्फोट गराइएको हुन सक्ने बताएका छन् ।
एमाओवादीको आक्रमण
रसुवाको धुन्चेमा एमाओवादी कार्यकर्ताको आक्रमणबाट २ मंसीर राति एमालेका तीन कार्यकर्ता घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार धैबुङ–९ का चिरञ्जीवी पौडेलको टाउको चोट लागेको छ, अर्जुन पौडेलको दायाँ हात भाँचिएको र डाँडाघरे भनिने देवीदत्त पौडेलको करङमा चोट लागेको छ ।
घाइतेमध्ये गम्भीर अवस्थाका चिरञ्जीवीको काठमाडौंको ग्रिनसिटी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
जुम्लामा बसमा आगजनी
जुम्ला सदरमुकाम खलंगामा २ मंसीर राति १ः३० बजे बसपार्कमा राखिएको ना४ख ८६५६ नं को बसमा आगजनी भएको छ ।
“हामी आगलागी भएको गाडीभन्दा करिब २० मिटर टाढा अर्कै गाडीमा सुतेका थियौँ, एक्कासि बन्दुक पड्केको जस्तो आवाज आयो, त्यसपछि त गाडीमा झ्वाप्प आगो लागिहाल्यो” अर्को गाडीमा सुतिरहेका एक गाडीका कर्मचारीले भने ।
आगलागी नियन्त्रणमा लिन करिब ४५ मिनेट लागेको थियो । आगजनीबाट बस पूर्णरूपमा ध्वस्त भएको तथा बसको आगोबाट बसपार्क नजिकैको घरमा राखिएको डिस्क, विद्युत्को तार र सटरसमेतलाई क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
शङ्कास्पद दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रासस
