थप समाचारसोमबार, मंसिर ३, २०७०
माओवादीका कोचिला राज्य समिति सदस्य पक्राउ
नेकपा–माओवादीका कोचिला राज्य समिति सदस्य एकराज कोइराला पक्राउ परेका छन् । सुनसरीको इलाका प्रहरी कार्यालय धरानले ३ मंसिरमा कोइरालालाई पक्राउ गरेको हो ।
उनीसँगै माओवादीका सुनसरी जिल्ला समिति सदस्य गंगाराज गिरी र शिक्षक संगठन सुनसरीका अध्यक्ष माया भुजेललाई पनि पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी टेकबहादुर तामाङले जानकारी दिए ।
तीनै जना धरानबाटै पक्राउ परेका हुन् । पक्राउ परेका गिरीको साथबाट पाँच वटा कुकरको मूल्यसूचि भएको बिल फेला परेको तामाङले बताए ।
सीता मादेम्बा, हिमालखबर
