समाचारमंगलबार, मंसिर ४, २०७०

मतदान गर्दै सर्वसाधारण र नेता (फोटो फिचर)

हिमालखबर

रुकुम क्षेत्र नम्बर– २ का एमाओवादी उम्मेदवार जनार्दन शर्मा खलंगाको त्रिभुवन जनता उच्च मावि केन्द्रमा मतदान गर्दै । तस्वीर : लक्ष्मण केसी/रुकुम

काठमाडौं-५ को शंखपार्क स्थित मतदान केन्द्रमा मतदानका लागि जाँदै एमाले नेता एवम् उम्मेदवार इश्वर पोखरेल । तस्वीर: आनन्दराम डंगोल

सुनसरीको धरानमा मतदान गर्दै एक महिला । तस्वीर: सोहन श्रेष्ठ/धरान

नेपाली कांग्रेस महामन्त्री एवम् झापा– ३ का उम्मेदवार कृष्ण सिटौला मतदान गर्दै । तस्वीर : गोपाल गडतौला/हिमालखबर

ताप्लेजुङको सदरमुकाम फुङलिङस्थित भानु मतदान केन्द्रमा लाईन लागेका मतदातहरु तस्वीर: राजेन्द्र श्रेष्ठ

कञ्चनपुरको शान्ति निकेतन उमावि केन्द्रमा भोट हालेपछि सुस्ताउदै ९८ वर्षीय जयदेव भट्ट र उनकी पत्नि ८३ वर्षीया कलावती भट्ट । तस्वीर: बच्चु विक/हिमालखबर

झापा–७ को पाणिनी मावि मतदान केन्द्रमा मतदान गर्दै युवा । तस्वीरः गोपाल गडतौला

उत्साह : ललितपुरको पाटन दरबार स्क्वायर मतदान केन्द्रमा पहिलो पटक मतदान गर्दै मंगलबजारकी हिना महर्जन (२२)। तस्बीर:डम्बरकृष्ण श्रेष्ठ/ हिमालखबर

बाँके नेपालगञ्जमा मतदान गर्ने क्रममा नेपाली कांग्रेस सभापति सुशील कोइराला । तस्बीर: तुफान न्यौपाने

संविधानसभाका लागि देशभरका १८ हजार ४३८ मतदान केन्द्रमा मतदान जारी छ ।

काँग्रेस महामन्त्री प्रकाशमान सिंह काठमाडौं क्षेत्र नम्बर ७ मा मत खसाल्दै । सिंह काठमाडौं–१ का उम्मेदवार हुन । तस्वीरः मिनरत्न बज्राचार्य/हिमालखबर

काठमाडौं क्षेत्र नम्बर ७ मा पर्ने पकनाजोल मतदान केन्द्रमा लामवद्ध मतदाता । तस्वीरः मिनरत्न बज्राचार्य/हिमालखबर

तनहुँमा मतदान गर्दै काँग्रेस उपसभापति रामचन्द्र पौडेल । तस्वीरः पवन पौडेल/तनहुँ

काठमाडौं नयाँबानेश्वरस्थित मतदान केन्द्रमा भोट खसाल्दै एक मतदाता । तस्वीरः सन्त गाहा मगर/हिमालखबर

ललितपुरको पाटनबाट काठमाडौं बसन्तपुरस्थित मतदान केन्द्रमा भोट खसाल्न जाँदै स्थापित परिवार । तस्वीरः मिनरत्न बज्राचार्य/हिमालखबर

पाल्पा कारागारमा रहेका कैदी–बन्दी मतदानमा सहभागी हुँदै । तस्वीर : देव पचभैया

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>