समाचारमंगलबार, मंसिर ४, २०७०

सिरहा–५ मा एमाओवादीको धाँधली

हिमालखबर

सिरहाको ५ नं. निर्वाचन क्षेत्रका भवानीपुर कालाबञ्जर, बडहरा र गौटारीमा एमाओवादी कार्यकर्ताहरुले अन्य दलका समर्थकहरुलाई निर्वाचन केन्द्रमा प्रवेश गर्नबाट रोकी एकपक्षीय रुपमा मत खसालेका छन् ।

धाँधली भएको भन्ने खबर पाएका पर्यवेक्षक, सञ्चारकर्मी, सुरक्षाकर्मी र अन्य दलका कार्यकर्ताहरु दिउँसो २ बजेदेखि उक्त क्षेत्रमा केन्द्रित भएपछि अहिले भने निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको छ ।

यसअघि दाहालले काठमाडौंको किर्तिपुरमा आयोजित अगुवा कार्यकर्ता भेलामा निर्वाचनमा साम दाम दण्ड भेट सबै प्रयोग गरेर आफूले निर्वाचन जित्नै पर्ने भन्दै जे पनि गर्न निर्देशन दिएको अडियो सार्वजनिक भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>