समाचारमंगलबार, मंसिर ४, २०७०
बुटवलमा एमाओवादी कार्यकर्ता र प्रहरीबीच झडप
रुपन्देहीको ४ नं. क्षेत्रका मतदान केन्द्रबाट बुटवल इलाका प्रहरी कार्यालयमा संकलन गरिएका मतपेटिका भैरहवा लैजाने क्रममा एमाओवादी कार्यकर्ताले अवरोध गरेपछि प्रहरी र एमाओवादी कार्यकर्ताबीच झडप भएको छ ।
झडपमा परी माओवादीका केही कार्यकर्ता घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
रुपन्देहीको ४ नं. क्षेत्र अन्तर्गतको बुटवलमा एमाले नेता बिष्णु पौडेल र एमाओवादी नेता बाबुराम भट्टराई बीच कडा प्रतिष्पर्धा छ ।
अहिले इलाका प्रहरी कार्यालयमा सर्वदलीय बैठक भइरहेको र केही बेरमै मतपेटिका भैरहवा तर्फ लगिने प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।
दीपक ज्ञवाली, बुटवल
