समाचारबिहीबार, आषाढ २८, २०६९
बन्दविरुद्धको रिटमा कारण देखाउ आदेश
प्रधानन्यायाधीश खिलराज रेग्मीको एकल इजलासले २८ असारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कानुन तथा न्याय मन्त्रालयका नाममा आदेश जारी गरेको सर्वोच्चका प्रवक्ता हेमन्त रावलले हिमालखबरलाई जानकारी दिए । आदेशमा विपक्षीलाई १५ दिनभित्र लिखित जवाफसहित अदालतमा उपस्थित हुन भनिएको छ ।
अधिवक्ता भोजबहादुर केसीले २७ असारमा दायर गरेको रिटको सुनुवाई गर्दै अदालतले यस्तो आदेश जारी गरेको हो । केसीद्वारा दायर रिटमा बन्दजस्तो गम्भीर सार्वजनिक अपराधलाई सदाको लागि बन्द गर्न कडा कानुन ल्याउन माग आवश्यक भएको उल्लेख छ ।
