समाचारशुक्रबार, आषाढ २९, २०६९
अवैधानिक निर्वाचनमा काँग्रेस सहभागी हुँदैनः केसी
नेपाल प्रेस युनियन कास्कीले २९ असारमा पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता केसीले अन्तरिम संविधानमा अर्को संविधानसभा निर्वाचनको व्यवस्था नभएको बताए । केसीले कानुनी जटिलता हर्टाई अब हुने संविधानसभा वा संसदीय निर्वाचनसँगसँगै एकल राज्य वा साझा राज्यमा जनमत हुनुपर्ने विचार व्यक्त गरे ।
बाबुराम भट्टराईले नेतृत्व गरेको सरकार बर्हिगमन नभएसम्म मुलुकमा चुनावी वातावरण बन्न नसक्ने धारणा राख्दै केसींले देशलाई बजेटविहीन बनाएर शून्यता राख्न नहुने भएकाले कामचलाउ सरकारलाई एक तृतीयांश बजेट ल्याउन दिन काँग्रेस सहमत भएको बताए । रासस
