समाचारबुधबार, मंसिर ५, २०७०
धनुषामा मजफो लोकतान्त्रिक कार्यकर्तामाथि खुकुरी प्रहार
धनुषाको जनकपुरमा मतगणनास्थल बाहिर दुई पार्टीका कार्यकर्ताबीच झगडा भएको छ । आपसमा विवाद हुँदा राप्रपा नेपालका कार्यकर्ताले मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका कार्यकर्तामाथि खुकुरी प्रहार गरेका छन् ।
घाइते कार्यकर्ताको जनकपुर अस्पतालमा उपचार भइरहेको छ ।
धनुषा क्षेत्र नम्बर– ६ का कार्यकर्ताबीच मतगणनास्थल बाहिर झगडा भएको हो । दुई पक्षबीच झगडा भए पनि मतगणनामा भने कुनै प्रभाव परेको छैन ।
