समाचारशुक्रबार, आषाढ २९, २०६९

अन्तराष्ट्रिय उडानका लागि कुनै कम्पनीको प्रस्ताव परेन

रासस

सरकारले डेढ महिना पहिले नै अन्तराष्ट्रिय उडान गर्न चाहने नेपाली कम्पनीहरुबाट प्रस्ताव आहृवान गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार अन्तराष्ट्रिय उडान गर्न चाहने इच्छुक कम्पनी तथा व्यावसायिक फर्महरुका निम्ति हरेक वर्षजेठको दोस्रो साता प्रस्ताव आहृवान गर्ने प्रचलन छ ।

मन्त्रालयका एयर ट्राफिक कन्ट्रोलर अधिकृत प्रमोद नेपालले मन्त्रालयले अन्तराष्ट्रिय उडानका लागि नेपालका लगानीकर्ता तथा प्रवर्द्धकहरुबाट दुइवटा नयाँ कम्पनी थप गर्ने उद्देश्यका साथ गत जेठ १३ गते प्रस्ताव आहृवान गरेको बताए । उनले आन्तरिक उडान गरिरहेका वा नयाँ वायुसेवा कम्पनीले आवेदन दिन सक्ने खुकुलो प्रावधान राखेर कार्यक्षेत्रगत र्सतमा केही लचकता अपनाइएको भए पनि कुनै पनि प्रस्ताव नपरेको जानकारी दिए ।

चालु आर्थिक वर्षा टिबीआई ग्रुपको प्रबर्द्धनमा भगवान बुद्ध एयरवेज (बिबी)ले अन्तराष्ट्रिय उडानका लागि अनुमति प्राप्त गरेको थियो । सो एयरले आगामी भदौदेखि अन्तराष्ट्रिय उडान सुरु गर्ने बताइएको छ ।

मन्त्रालयले सूचना र्सार्वजनिक गर्नुअघि नै सिर्द्धार्थ एयरवेजले अन्तराष्ट्रिय उडानका लागि आवेदन दिए पनि मन्त्रालयले सूचना जारी गरेपछि आवेदन दिन इच्छा नदेखाएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>