समाचारआइतबार, आषाढ ३१, २०६९

एक तृतीयांश बजेट आउँदै

हिमालखबर

३१ असार बिहान बसेको मन्त्रिपरिषद बैठकले एक तृतीयांश बजेट प्रस्तुत गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले जानकारी दिए । अन्तरिम संविधानको धारा ९६(क) अनुसार बजेट ल्याउन लागेको हो ।

बजेट अध्यादेश राष्ट्रपतिबाट स्विकृत गराएर आजै प्रस्तुत गर्ने तयारी भईरहेको मन्त्री यादवले बताए । नयाँ कार्यक्रम नसमेटिएको भनिएको बजेटमा निर्वाचन खर्च, अवकाशमा जाने लडाकुको खर्च र सेनाको महानिर्देशनालय गठनलगायतका लागि रकम विनियोजन गरिएको छ ।

पूर्ण बजेटको तयारी गरिरहेको सरकारले नेपाली कांग्रेस, नेकपा एमालेलगायतका प्रतिपक्षी दलको दवाव र आग्रहपछि एक तृतीयांश मात्रै ल्याउन लागेको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>