समाचारआइतबार, आषाढ ३१, २०६९
तीर्थालु सवार बस दुर्घटना, ३६ को मृत्यु
रानीनगरबासी आरपी उपाध्यायले दिएको जानकारी अनुसार ३१ असारमा भएको दुर्घटनामा १० महिला र एक वालक सहित ३६ जनाको ज्यान गएको हो । बस सडकबाट नहरमा पल्टिएको थियो । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानविक्रम शाहले दिएको जानकारी अनुसार लु १ ख २३५६ नम्वरको उक्त बस गुठी परसौनी गाविसको झुलनपुरदेखि त्रिवेणी जाँदै थियो । चालक बिष्णु गुरुङ्ग त्रिबेणी प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटनामा ज्यान गुमाउने अधिकांश भारत उत्तर प्रदेशको महाराजगञ्ज जिल्लाका रहेकाले उनीहरुको पहिचानमा समस्या भएको छ ।
बसमा करिव ७० जना रहेको अनुमान गरिएको छ । नहरमा पानी अत्यधिक रहेका कारण हराइरहेका अन्य यात्रुहरुको खोजी कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ । बसमा क्षमताभन्दा बढी यात्रुहरु रहेको र तीव्र गतिका कारण वस दुर्घटना भएको जनाइएको छ । भारतको उत्तर प्रदेश सिचाईका लागि लगिएको मुख्य पश्चिमीनहरमा बस खसेकाले केही बनाएर गण्डक सुरजपुरा पावर लगेको आशंकामा खोजी कार्य जारी छ ।
मुकेश पोखरेल र विद्रोही गिरी, नवलपरासी
