समाचारसोमबार, साउन १, २०६९
रातो बंगाला स्कूलको विद्यार्थी बोक्ने बसमा आगजनी
स्कूलबाट निस्केको दुई मिनेटपछि ४, ५ जनाको समूहले गाडीमा पेट्रोल छर्केर आगो लगाएको बस चालक कुलबहादुर पूर्वछानेले जानकारी दिएका छन् । बा १ प ५१६५ नम्बरको बस विद्यार्थी लिन स्कूलबाट पाटन जाने क्रममा जलाइएको हो । पूर्वछानेका अनुसार आगजनी गर्नेहरु पैदलै भागेका थिए । बसमा लागेको आगो दमकलले निभाएको थियो ।
