समाचारसोमबार, साउन १, २०६९

छुट्टा-छुट्टै दुर्घटनामा ९ को मृत्यु

हिमालखबर

उदयपुरको कटारीबाट काठमाडौँतर्फ आउँदै गरेको ना २ ख ४९५१ नम्बरको यात्रुवाहक बस १ साउन विहान सडकबाट त्रिशूलीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । घटना भएलगत्तै स्थानीय आकस्मिक उद्धारकर्ताले एक महिला, एक बच्चा र चार पुरुषको लास निकालेका छन् । २० घाइतेको उद्धार गरी मलेखुस्थित राजमार्ग सामुदायिक अस्पतालमा उपचारका लागि पठाएको स्थानीय राममणि थपलियाले जानकारी दिए ।

खचाखच ५७ यात्रु बोकेर अत्यधिक गतिमा गुडेको गाडी सिमसिम पानी परिरहेका बेला ‘ब्रेक फेल’ भएर सडकबाट त्रिशूलीमा खसेको थियो । स्थानीय उद्धारकर्ता सशस्त्र प्रहरी नेपाल प्रहरी र स्थानीयवासीद्वारा उद्धार भइरहेको छ । मृतकमध्यॆ उदयपुरका सुब्बा कार्की र धादिङका दीपकप्रसाद खनालको सनाखत भएको छ ।

बेपत्ताको खोजी भइरहेको भए पनि नदीमा पानीको मात्रा बढी भएकाले कठिनाइ भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विनोद घिमिरेले बताए । रासस
बस र ट्रिपर ठोक्किदा ३ को मृत्यु, ३८ घाईते


यसैवीच नवलपरासी १ साउन पुर्बपश्चिम लोकमार्ग अन्तरगत नवलपरासीको सुनवलमा आज बिहान यात्रुबाहक बस र टि्रपर एक आपसमा ठक्कर खाँदा  तीन जनाको मृत्यु भएको छ । दैलेखबाट काठमाण्डौं जादै गरेको ना ३ ख ५०९० नम्बरको यात्रुबहाक बस र बिपरीत दिशातर्फ जादै गरेको ना ४ ख ११४१ नम्बरको  टि्रपर ठोक्किदा ट्रिपरका चालक धादिङ नौबिसेका ४० बर्षिय पुरनप्रसाद पाठक र कालिकोटका आनन्द अधिकारीको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

दुर्घटनामा घटनास्थलमै ज्यान गुमाएकाको भने सनाखत हुन सकेको छैन । घाईते ३८ जनाको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भईरहेको  प्रहरीले जनाएको छ ।

नवलपरासीको गण्डक नहरमा ३१ असारमा तीर्थालु बोकेको बस खस्दा ज्यान गुमाएका भारतीयहरुलाई शसस्त्र प्रहरी सिमा सुरक्षा बल परासीले महाराजगञ्ज प्रहरीलाई शव बुझाएको प्रमुख जिल्ल्ला अधिकारी वीरबहादुर र्राईले जानकारी दिए । दुर्घटनामा तीन नेपाली सहित ३९ जनाले ज्यान गुमाएका थिए ।

विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>