थप समाचारशनिबार, मंसिर ८, २०७०

जनमतको सम्मान गर्न सिक्नैपर्छः देउवा

हिमालखबर

अब गठन हुने संविधानसभाले निर्वाचन बनाउनेमा कुनै शंका नगर्न भन्दै कांग्रेस नेता शेरबहादुर देउवाले एमाओवादीले संविधान निर्माण प्रक्रियामा सहभागी भई लोकतन्त्रप्रतिको प्रतिवद्धता पूरा गर्न सचेत गराएका छन् ।

डडेलधुरा र कैलालीको ६ बाट संविधानसभा सदस्यमा निर्वाचित देउवाले ८ मंसिरमा धनगढीमा आयोजित विजयसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसले जनचाहाना अनुसारको संविधान बनाएरै छाड्ने दावी गरे ।

उनले चुनावी नतिजा बहिस्कारको घोषणा गरेको एमाओवादीलाई संविधान निर्माण प्रक्रियामा भाग लिन आग्रह गर्दै थपे, “संविधान भनेको सहमतिकोे दस्तावेज हो, हामी माओवादीसँगै सहमति गरेर संविधान निर्माण गर्नेछौ ।” उनले संविधान निर्माणको महत्वपूर्ण कार्य सम्पन्न गरी मुलुकलाई अग्रगमनतर्फ लैजाने पुनित अवसरबाट नचुक्न पनि एमाओवादी अध्यक्षलाई आग्रह गरे ।

देउवाले भने, “जितमा मात्तिने र हारमा आत्तिने लोकतान्त्रिक चरित्र होइन, जनमतको सम्मान गर्न सिक्नैपर्छ । ”
लोकतन्त्रका मूलभूत सिद्धान्तमा कुनै किसिमको सम्झौता नगर्ने भन्दै देउवाले अन्य विषयमा सबैसँग सहमति गरेर संविधान बनाउने बताए ।

कपिल भट्ट, कैलाली

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>