थप समाचारआइतबार, मंसिर ९, २०७०
मतपेटिका लुकाइएको हल्लाले तनाव
विराटनगर १५ स्थित जनपथ माध्यमिक विद्यालयको कोठामा मतदाता शिक्षा तालिममा प्रयोग भएका दुई वटा मतपेटीको पाइएपछि लुकाइएको हल्ला चलाइएको हो । हल्लाका कारण बेलुका ८ बजेसम्म त्यस आसपासको क्षेत्रमा तनाव भएको थियो ।
निर्वाचनमा धाँधली भएको एमाओबादीले आरोप लगाई रहेका बेला तालिममा प्रयोग भएका मतपेटीका फेला परेपछि बिभिन्न दलका समर्थक बिरोधमा उत्रिएका थिए । प्रमुख जिल्ला अधिकरी र निर्वाचन अधिकारीले दलका प्रतिनिधिहरुको रोहबरमा बाकस खोल्दा मतदान गर्न सिकाइएको सादा कागजका नक्कली मतपत्र फेला परेको थियो ।
बिरोधकर्ताका कारण विद्यालय आसपासमा तनावको भएपछि ठुलो संख्यामा प्रहरी परिचालन गरेर सुरक्षा दिइएको थियो । बास्तविकता बाहिर आएपछि बिरोधमा उत्रिएका दलका कार्यकर्ता र मोरङका बिभिन्न क्षेत्रबाट पराजित उम्मेदवारहरु त्यसै फर्किएका थिए ।
कमल रिमाल, विराटनगर

