थप समाचारआइतबार, मंसिर ९, २०७०

दाहाल र वैद्यबीच छलफल

हिमालखबर

एमाओवादी नेता कृष्णबहादुर महराको निवास धोबीघाटमा भएको एमाओवादी र नेकपा माओवादीबीचको छलफलमा संविधानसभाको निर्वाचनको परिणाम र आगामी दिनमा सहकार्य गर्ने बारे कुराकानी भएको बुझिएको छ ।

एमाओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले दुई पार्टीबीच छलफल भएको तर कुनै निचोडमा पुगिनसकेको बताए ।

भेटमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ तथा नेकपा–माओवादीका तर्फबाट अध्यक्ष मोहन वैद्य, महासचिव रामबहादुर थापा र सचिव देव गुरुङ सहभागी थिए ।

दाहालको राई र यादवसँग भेट

यस्तै एमाओवादी अध्यक्ष दाहालसँग मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले पनि संविधानसभाको निर्वाचन परिणामका बारेमा छलफल गरेका छन् ।

एमाओवादी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको छलफलमा आगामी दिनमा अवलम्बन गरिने रणनीतिका विषयमा कुराकानी भएको बताइएको छ ।

नेता नेपाल र भट्टराईबीच छलफल

एमाले नेता माधव नेपाल र एमाओवादीका नेता बाबुराम भट्टराईबीच नेपाल निवास कोटेश्वरमा छलफल भएको छ ।

छलफलमा नेता नेपालले निर्वाचनमा अनियमितता भएको एमाओवादी नेताको दाबी सम्बन्धमा त्यसको प्रक्रियागत छानबिनका लागि निर्वाचन आयोग लगायतका निकायसँग छलफल गरी अघि बढ्न सकिने भन्दै तत्कालका लागि परिणाम स्वीकार गरी संविधानसभामा समावेश हुन भट्टराईलाई सुझाव दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>