थप समाचारसोमबार, मंसिर १०, २०७०
जनताको अभिमत स्वीकार– कोइराला
कांग्रेस सभापति सुशिल कोइरालाले नयाँ संविधान लेखनका लागि सहज वातावरण बनाउन एमाओवादीलाई आग्रह गरेका छन् । उनले १० मंसीरमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर जनताले दिएको अभिमत स्वीकार्न र संविधानसभाबाट नयाँ संविधान लेख्न सहज वातावरण बनाउन आग्रह गरेका हुन् ।
उनले दाहालसँग राष्ट्रिय सहमतिको सरकार गठनको प्रस्ताव गरेको बताए । उनले भने, “एमाओवादी शान्ति र संविधानको बाटोबाट बाहिर जाँदैनन् ।”
भेटमा दाहालले निर्वाचनमा धाँधली भएकोबारे निर्वाचन आयोगमा उजुरी दिए पनि कुनै सुनुवाई नभएको र निर्वाचन परिणामको पुनरावलोकन नगरेसम्म संविधानसभामा नजाने जवाफ दिएका छन् । तर कोइरालाले धाँधली भएको भन्ने लागेमा कानुनी तवरले समस्याको समाधान खोज्न सुझाव दिएको बताए ।
उनले माओवादीलाई बाहिर राखेर शान्तिप्रक्रियाले पूर्णता नपाउने पनि बताए । कोइराला र दाहालबीचको भेटमा एमाओवादीका बावुराम भट्टराई, नारायणकाजी श्रेष्ठ लगायतका नेता पनि सहभागी थिए ।
