थप समाचारमंगलबार, मंसिर ११, २०७०

एक्लो व्यवसायिक सारङ्गीवादक रहेनन्

हिमालखबर

वरिष्ठ सारङ्गीवादक जंगबहादुर गन्धर्वको निधन भएको छ । निमोनियाबाट पीडित ६४ वर्षिय गन्धर्वको ११ मंसीर बिहान उपचारको क्रममा निधन भएको हो ।

उनको काठमाडौं मोडेल कलेज अस्पतालमा उपचार भइरहेको थियो । उनको काठमाडौंमै अत्येष्टी गरिने परिवारले जनाएको छ ।

उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिएको छ । दाङ स्थायी घर भएका गन्धर्वका तीन छोरी र दुई छोरा छन् ।

नेपालमा एक्लो व्यवसायिक सारङ्गीवादकको रुपमा चिनिएका गन्धर्वले करिब एक लाख गीतमा सारङ्गी बजाएका छन् । उनले आधा दर्जन गीत गाएका पनि छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>