समाचारमंगलबार, मंसिर ११, २०७०

एक मत पनि नपाउने उम्मेदवार

हिमालखबर

प्रत्यक्षतर्फ चुनाव लडेका तराई मधेश लोकतान्त्रिक पार्टीका ११५ उम्मेदवार मध्ये शराफत खाँले ४ मंसीरमा सम्पन्न संविधानसभा निर्वाचनमा एक मत पनि पाएनन् । ५९ वर्षीय खाँ कपिलवस्तु–१ बाट उम्मेदवार बनेका थिए ।

शून्य मत पाउने अन्य उम्मेदवार भने स्वतन्त्रतर्फका छन् । एक भोट पनि नल्याउने स्वतन्त्र उम्मेदवारहरूमा धनुषा–३ का महेन्द्र साह सुँडी, सर्लाही–६ का रामदेव राय यादव, काठमाडौं–१ का गिता दाहाल, काठमाडौं–१ कै केशव ओली र काठमाडौं–४ का माधव केसी छन् ।

यस्तै रौतहट–४ का हृदयनारायण साह कलवार, पर्सा–१ का सुरजकुमार कलवार, नवपरासी–१ का रामुकान्त अर्याल र दाङ–३ की विष्णु बुढाथोकीले पनि शुन्य मत प्राप्त गरे ।

प्रत्यक्षतर्फ विभिन्न पार्टीबाट ५०१३ र स्वतन्त्रबाट १११५ जनाले उम्मेदवारी दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>