समाचारमंगलबार, साउन २, २०६९
उपत्यकामा एक वर्षमा दुर्घटनामा १४८ को मृत्यु
महानगरीय ट्राफिक प्रहरी परिसरको तथ्याङ्कअनुसार गत आव २०६७/०६८ मा १७१ जनाको सडक दुर्घटनामा मृत्यु भएको थियो ।
त्यसैगरी आव २०६७/०६८ मा गम्भीर घाइते हुनेको सङ्ख्या ५५३ रहेकामा आव २०६८/०६९ मा सो सङ्ख्या घटेर ३९६ पुगेको छ । सो ३९.५ प्रतिशतले कमी हो । आव २०६७/०६८ मा सामान्य घाइते हुनेको सङ्ख्या तीन हजार ६३२ रहेकामा आव २०६८/०६९ मा सो घटेर तीन हजार ३१७ रहेको छ । सो ९.४ प्रतिशतले कमी हो ।
परिसरका प्रवक्ता देवबहादुर बोहराले ट्राफिक नियमसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गरिएको तथा ट्राफिक नियमलाई पालना गराउने क्रममा व्यवस्थापनमा आवश्यक कडाइ गरी सवारी चालक र सडक प्रयोगकर्तालाई समेत कारबाही चलाएका कारण दुर्घटनामा मृत्यु हुनेको सङ्ख्यामा कमी आएको बताए ।
