थप समाचारबुधबार, मंसिर १२, २०७०

सक्रिय हुँदै राजदूतहरु

हिमालखबर

बेलायती राजदूत एण्ड्र्यू स्पार्क (माथि), अमेरिकी राजदूत पिटर बोडे(बीचमा) र चिनियाँ राजदूत वु चिन्ताई ।

नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेपालका लागि बेलायती राजदूत एण्ड्रयू स्पार्कबीच १२ मंसीर बिहान कोइराला निवास महाराजगञ्जमा भएकोे भेटमा संविधान लेखन र सहमतिका लागि दलहरुबीच भइरहेको प्रयासका बारेमा छलफल भएको छ ।

राजदूत स्पार्कले दलहरुबीच सहमति जुटाएर चाँडै संविधान लेखनको काम थाल्न आग्रह गरेका छन् । उनले निर्वाचन सफलतापूवर्क सम्पन्न भएकोमा सभापति कोइरालालाई बधाई समेत दिएका छन् ।

“उत्साहपूर्ण जनसहभागिता र शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न भएकामा बधाई दिएँ, अब दलरुबीच सहमति जुटाएर छिटो संविधान लेखनमा पनि सफलता मिल्ने कुरा राखें”–राजदूत स्पार्कले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिए ।

प्रत्युत्तरमा कोइरालाले निर्वाचनमा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै अहिलेको राजनीतिक परिस्थितिका बारेमा जानकारी गराएको कांग्रेस केन्द्रीय सदस्य डा रामशरण महतले जानकारी दिए ।

“निर्वाचन शान्तिपूर्ण र निष्पक्षपूर्ण ढङ्गबाट सम्पन्न भएकामा राजदूतले बधाई दिनुभयो, निर्वाचनप्रति असन्तुष्ट दलहरुले लगाउनुभएको आरोपमा सत्यता नभएको राजदूतको भनाइ थियो”–डा महतले भने ।

यसअघि ११ मंसीरमा सभापति कोइरालासँग अमेरिकी राजदूत पिटर डब्ल्यू बोडेले भेट गरी संविधान लेखन सम्बन्धमा जिज्ञासा राखेका थिए । उनले एमाओवादी नेता बाबुराम भट्टराइसँग पनि ११ मंसीरमै भेट गरेका थिए ।

त्यस्तै ११ मंसीरमै चीनका राजदूत वु चिन्ताईले कांग्रेस उपसभापति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए ।
भारत र चीनका राजदूतले पनि ११ मंसीरमा एमाले अध्यक्ष झलनाथ खनाललाई उनको निवासमा छुट्टाछुट्टै भेटी सरकार गठन, संविधान लेखनमा चासो व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>