थप समाचारबुधबार, मंसिर १२, २०७०

सुदुरपश्चिम टुक्राइँदैन: नेता लेखक

हिमालखबर

सुदुरपश्चिमका कांग्रेस नेता एवम् कञ्चनपुर– ४ बाट निर्वाचित उम्मेदवार रमेश लेखकलेृ सुदूरपश्चिम क्षेत्रका पहाडी जिल्लालाई मात्रै समेटेर राज्यको वर्गीकरण गर्दा आर्थिक रुपले नधान्ने भएकाले कैलाली र कञ्चनपुरसहित नौ जिल्लालाई समेटेर राज्य बनाइनु पर्ने बताएका छन् । उनले भने, “त्यसैले हामीले सामथ्र्यसहितको सङ्घीयतामा जानुपर्नेमा जोड दिँदै आएका छौँ ।”

सुदुरपश्चिममा अल्पसङ्ख्यकका रुपमा रहेका राना थारु, सुनाहा र खुना जातिलाई सूचीकृत गराई राज्यको हरेक तहमा पहुँच अभिवृद्धिका लागि संविधानमै सूचीकृत गर्न पहल गर्नेे उनको भनाई छ ।

भाषिक, बहुजातीय पहिचान, सांस्कृतिक हिसाबले समृद्ध र आर्थिक रुपले सम्पन्नताका आधारमा राज्यको पुनःसंरचनामा जानुपर्नेमा लेखकले जोड दिए ।

उनले युवालाई स्वरोजगार बनाउने, समृद्ध सुदूरपश्चिम क्षेत्रको विकास र पिछडिएका महिला र दलित समुदायको अधिकार स्थापितका लागि संविधानसभामा महत्वका साथ आवाज उठाइ अधिकार स्थापित गर्न लाग्ने वाचा गरे ।

उनले एमाओवादी र नेकपा–माओवादीसहितको ३३ दलीय मोर्चालाई बाहिर राखेर संविधान बनाउँदा समस्या आउन सक्ने भएकाले सबैलाई समेटेर संविधान निर्माण कार्यमा संलग्न गराउने पनि भने ।

“निर्वाचनमा कम क्षेत्रमै सफलता पाएको भन्दै संविधानसभामा एमाओवादीले सहभागी हँुदैन भन्नु हतास मनस्थितिको उपज मात्रै भएको” उनले बताए । लोकतन्त्रमा हार जित भइरहने भएकाले यसलाई स्वभाविक रुपमा लिन सक्नुपर्ने उनको भनाइ थियो ।

अघिल्लो संविधानसभाबाट संविधान निर्माण हुन नसक्नु एमाओवादीको एकलजातीय राज्यको अवधारणा नै जिम्मेवार रहेको उल्लेख गर्दै उनले एकल जातिको पक्षमा जनता नरहेको कुरा हाल सम्पन्न संविधानसभा निर्वाचनले प्रमाणित गरिदिएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>