समाचारबिहीबार, मंसिर १३, २०७०
मलाई कालो कोट मन पर्छः नेम्वाङ
आफू ब्यवसायिक अधिवक्ता भएको र त्यो काम बाट आफू सन्तुष्ट रहेको बताउँदै इलाम–२ बाट संविधानसभा सदस्यमा निर्वाचित सुवासचन्द्र नेम्बाङले फेरि संविधानसभा अध्यक्ष वा त्यस्तै कुनै भूमिकाको लोभ नभएको दाबी गरेका छन् ।
“कालोकाट लगाएर सर्वाेच्च अदालतमा बहस गर्न मनपर्छ ।” झापाको दमकमा १३ मंसीरमा पत्रकारहरुसँग कुरा गर्दै नेम्बाङले भने, “त्यससँगै पार्टीको काममा लाग्छु, यसबाहेकको भूमिकामा आउन सबैसँग सल्लाह गर्नुपर्छ ।”
उनले नेपालमा राष्ट्रपति वा उपराष्ट्रपति हुन संबिधानसभाको सदस्य हुनुपर्ने बाध्यात्मक ब्यबस्था नभएको पनि बताए ।
गोपाल गडतौला, झापा
