थप समाचारबिहीबार, मंसिर १३, २०७०
शान्ति र संविधानप्रति प्रतिबद्ध छौं: विष्टमगर
संविधानसभा निर्वाचनमा म्याग्दीबाट उम्मेदवार भई पराजित भएका एमाओवादी नेता लोकेन्द्र विष्टमगरले राज्य समितिका तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै आफूहरू शान्ति र संविधान निर्माणमा प्रतिबद्ध भइरहने जनाएका छन् ।
“एमाओवादी यो हारबाट कति पनि विचलित नभई सधैँ जनतासँगै रहने छ”–राज्य समिति इन्चार्ज विष्टमगर र संयोजक गिरीधारीलाल न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ–“हामी शान्ति र संविधान निर्माणमा प्रतिबद्ध भइरहने कुरा जानकारी गराउन चाहन्छौँ ।”
विज्ञप्तिमा आफ्नो पार्टी र उम्मेदवारलाई मतदान गर्ने मगराँत राज्यअन्तर्गतका सबै जिल्लाका मतदाताप्रति कृतज्ञता पनि व्यक्त गरिएको छ ।
रासस
