समाचारबुधबार, साउन ३, २०६९

सुन पसल लुट्न खोज्ने भारतिय लुटेरा हतियार सहित पक्राउ

रासस

शिवमन्दिरनजिक रहेको धौलागिरि सुनाचाँदी पसलमा पुगेका तीनजनाको समूहले लुटपाट गर्दैछ भन्ने विशेष सुराकीका आधारमा गोङ्गबु प्रहरी चौकीबाट खटिएको प्रहरी नायब निरीक्षक दीर्घ बोगटीको टोली लुटेरालाई पक्राउ गर्न सफल भएको हो ।

महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रवक्ता धीरजप्रताप सिंहले सुनचाँदी पसलमा लुट्न पुगेका तीनमध्ये दुईलाई प्रहरी टोलीले घटनास्थलबाटै पक्राउ गर्न सफल भएको जानकारी दिए । घटनास्थलमा पुग्न केही ढिलो गरिएको भए लुटेरा सुनचाँदी पसल लुट्न सफल हुने भन्दै उनले समयमा प्रहरीको टोली पुगेपछि लुटेरा एक राउन्ड फायर गरेर भाग्न खोजेको र प्रहरीले घेराबन्दी गरी पक्राउ गर्न सफल भएको बताए ।

पक्राउ पर्नेमा भारत समष्टिपुर घर भई हाल गोङ्गबु बस्दै आएका रमेश ठाकुर र रञ्जित सिंह छन् । प्रहरीले उनीहरुको साथबाट एउटा पेस्तोल, एउटा रिभल्बर र तिनका चार/चार गोलीसमेत बरामद गरेको छ । प्रहरीले भाग्न सफल एक भारतीयको खोजी भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>