समाचारबिहीबार, मंसिर १३, २०७०

सरकार गठनका लागि कांग्रेसलाई एमालेको आग्रह

हिमालखबर

नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष झलनाथ खनालबीच १३ मंसीरमा नयाँ सरकार गठनका लागि छलफल भएको छ ।

कोइराला निवास महाराजगन्जमा भएको भेटमा एमाले अध्यक्ष झलनाथ खनालले सहमतीय सरकार गठनका लागि अग्रसरता लिन कांग्रेसलाई आग्रह गरेका छन् । उनले सबैभन्दा ठूलो दलको हैसियतले सहमति जुटाउने जिम्मेवारी कांग्रेसको भएको बताए । कांग्रेसको नेतृत्वमा सहमतीय सरकार गठनका लागि आफनो दल तयार रहेको खनालको भनाई छ ।

सहमतिबाटै सरकार गठन गर्ने र संविधान जारी गर्ने एमालेको चाहना रहेको भन्दै अध्यक्ष खनालले त्यसमा मुख्य जिम्मेवारी कांग्रेसकै भएको बताए ।

उनले संविधानसभा भित्र र बाहिर समेत रहेका दलहरुमाझ सहमति जुटाएर सरकार गठन र संविधान निर्माणको काम अघि बढाउन कांग्रेसलाई सुझाव दिएको जानकारी दिए ।

त्यस क्रममा सभापति कोइरालाले सहमतीय सरकार गठनका लागि कांग्रेसले गृहकार्य शुरु गरिरहेको जानकारी दिएका थिए । संविधानसभा भित्र र बाहिर रहेका सबै दलसँग छलफल गरेर एक वर्षभित्र संविधान जारी गर्ने दिशामा मुलुकलाई अगाडि बढाउन कांग्रेस तयार रहेको कोइरालाको भनाइ थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>