थप समाचारशुक्रबार, मंसिर १४, २०७०
चितवनमा तीन घर जले
चितवनको जुटपानी–३ का ध्रुब पोख्रेलको घरमा विद्युत सर्ट भएर लागेको आगोले छिमेकी गोपिनाथ भटटराई र शरण श्रेष्ठको घर समेत सल्केको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
राती साढे २ बजे लागेको आगो स्थानीयबासी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र भरतपुर नगरपालिकाका दुईवटा दमकलको सहयोगमा करिब एक घण्टा पछि नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट करिब २५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सविता श्रेष्ठ
