समाचारशुक्रबार, मंसिर १४, २०७०
कांग्रेस र एमाले मिलेर अघि बढने: नेता नेपाल
एमाले पर्साले १४ मंसीरमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले नेता माधवकुमार नेपालले दुवै माओवादी र मधेशवादी दलहरुलाई पनि साथमा लिएर एक वर्षभित्र संविधान जारी गरिने बताएका छन् ।
एमाओवादीलाई चुनावमा पराजित हुँदैमा मन सानो नबनाउन आग्रह गर्दै नेपालले राजनीतिमा उतारचढाव भइरहने भएकाले यस पटकको निर्वाचनको परिणामलाई सहज रुपमा स्वीकारी संविधान निर्माण प्रक्रियामा सहभागी हुन आग्रह गरे ।
उनले आफूहरु सङ्घीयताको पक्षमा रहेको तर, जातीय सङ्घीयताको विपक्षमा रहेको पनि स्पष्ट पारे ।
