समाचारशनिबार, मंसिर १५, २०७०
राष्ट्रपति र उपराष्ट्रपति फेर्नुपर्छ– भट्टराई
एमाओवादीका नेता बाबुराम भट्टराईले पुराना जनप्रतिनिधिलाई निरन्तरता दिन नहुने बताएका छन् । बुटवलमा १५ मंसीरमा भएको पत्रकार भेटघाटमा उनले नयाँ जन प्रतिनिधिको चयनसँगै राष्ट्रपति र उपराष्ट्रपति पनि नयाँ चयन हुनुपर्ने बताए ।
उनले जनप्रतिनिधि नै नयाँ आएपछि पुरानाको निरन्तरता दिनु गलत हुने जिकिर गरे । अनेक षड्यन्त्र गरेर आफूहरुलाई हराइएको चर्चा गर्दै उनले आफ्नो पार्टीकले अघि सारेका एजेण्डरुलाई संबोधन गर्न कांग्रेस–एमाले तयार नभए त्यसको परिणाम भयावह हुने बताए ।
