समाचारशनिबार, मंसिर १५, २०७०
छानविन नभए संविधानसभामा जाँदैनौः एमाओवादी
एमाओवादी मुख्यालय पेरिसडााँडामा १५ मंसीरमा पत्रकार सम्मेलन गरेर प्रवक्ता अग्नी सापकोटाले निर्वाचनमा आफूहरुको पक्षमा जनमत भए पनि कांग्रेस र एमालेले संस्थागत रुपमा षडयन्त्र गरेर निर्वाचनमा हराएको भन्दै छानबिनको माग गरेका छन् । सापकोटाले निष्पक्ष छानबिन नभएसम्म आफूहरु संविधानसभामा सहभागी नहुने पनि बताए ।
प्रत्यक्ष र समानुपातिक दुवैतर्फ खसेको मत निर्वाचन आयोगको अनुमानभन्दा पनि बढी भएकोले निर्वाचनमा धा“धली भएको पुष्टि भएको उनको दाबी छ ।
कांग्रेस र एमालेले सहमतीय प्रणालीका लागि संविधान संसोधन गर्न तयार नरहे आफूहरु जनसंविधानका लागि सडक संघर्षमा जाने सापकोटाले धम्की दिए ।
