थप समाचारशनिबार, मंसिर १५, २०७०

कंचनपुरका ७५ प्रतिशत महिलामा यौनरोग

हिमालखबर

कञ्चनपुरका ग्रामीण क्षेत्रका ७५ प्रतिशतभन्दा बढी महिलामा यौनरोगको सङ्क्रमण पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरले विभिन्न स्वास्थ्य शिविरमा गरेको सर्वेक्षणअनुसार ग्रामीण क्षेत्रका महिलामा यौनरोगको सङ्क्रमण बढ्दो रूपमा देखा परेको हो ।

महिलामा व्यक्तिगत सरसफाइको कमी, असुरक्षित यौनजन्य क्रियाकलाप, यौनअङ्गको सङ्क्रमण, पोषणको कमी लगायतका कारण यौनरोगको समस्या देखापरेको जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरका पब्लिक हेल्थ नर्स पशुपति सिंहले जानकारी दिए ।

अधिकांश महिलाको तल्लो पेट दुख्ने, चिलाउने, पिसाब पोल्ने, सेतो पानी बग्ने, यौन अङ्ग वरिपरी फोका देखापर्ने र यौनसम्पर्क राख्न अप्ठेरो हुने लगायतका समस्या देखिएको उनले बताए । उनले भने, “यौनअङ्गको सरसफाइमा ध्यान दिएमा, असुरक्षित यौन सम्पर्क नराखेमा र समयमै स्वास्थ्य चौकी र अस्पतालमा उपचार गराएमा यौन रोग सहजै निको हुन्छ ।”

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>