समाचारशनिबार, मंसिर १५, २०७०

सहमति नभए दुईतिहाईबाटै संविधानः कोइराला

हिमालखबर

संविधान निर्माणमा सबैको सहमति जुटाउन हदैसम्मको पहल गर्ने भन्दै कांग्रेस सभापति सुशील कोइरालाले सहमति नभए दुईतिहाई बहुमतबाट भए पनि एक वर्षभित्र संविधान जारी गर्ने बताएका छन् ।

१३ मंसीरमा हिमाल खबरपत्रिकालाई अन्तर्वार्ता दिंदै कोइरालाले निर्वाचनमा जाँदा दुईतिहाइ बहुमत दिनुस संविधान बनाउँछौ भन्ने एमाओवादीले अहिले संविधानमै संशोधन गरी सहमतीय आधारमा मात्रै संविधान निर्माण गर्न माग गर्न नहुने बताए । उनले भने, “अहिले आफ्नो अवस्था कमजोर भएपछि संविधान संशोधनको कुरा गर्न मिल्छ ?”

उनले जातीय संघीयता हुने कि नहुने भन्ने बारेमा ४ मंसीरको संविधानसभा निर्वाचन जनमतसंग्रह जस्तै भएको दाबी गर्दै जातीय संघीयताको विरोधमा जनताले अभिमत ब्यक्त गरेको बताए ।

कांग्रेस र एमाले दुवै लोकतान्त्रिक शक्ति भएकाले जनताले अत्यधिक मत दिएर चुनेको बताउने कोइरालाले अहिलेको अवस्थामा दुवै दलले कुनै दम्भ नराखेर जिम्मेवारीसाथ अघि बढ्नु जरुरी भएको बताएका थिए ।

उनले सरकार, संविधान निर्माण, राष्ट्रपतिको निर्वाचन, संविधानका अन्तर्वस्तुका सम्बन्धमा पनि आफ्नो भनाई राखेका थिए । अन्तर्वार्ता साप्ताहिक खबरपत्रिका हिमालको नयाँ अंकमा प्रकाशित छ । साथमा एमाले बरिष्ठ नेता माधवकुमार नेपालसँगको अन्तर्वार्ता पनि ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>