समाचारआइतबार, मंसिर १६, २०७०

‘नेपाल एकीकरण शाहहरुले गरे, देशको जिम्मा तिनैलाई दिने ?’

हिमालखबर

पहिलो संविधानसभामा एमाओवादीले ‘जनयुद्ध’ का अजेण्डा समावेश गर्न खोज्दा संविधान बन्न नसकेको आचार्यको दाबी छ । १६ मंसीरमा कान्तिपुर दैनिकमा छापिएको अन्तर्वातामा आचार्यले यस पटक कांग्रेस र एमालेको संविधानसभामा बलियो र हाराहारीकै उपस्थिति भएकोले एक वर्षमै संविधान निर्माण हुने बताएका छन् ।

जनआन्दोलनको अजेण्डामा संविधान निर्माण हुने बताउँदै उनले भनेका छन्, “अजेण्डामा कसैको कपिराइट वा मोनोपोली हुँदैन, कुन अजेण्डा कसले पहिले उठायो भन्ने कुरा गौण हो । ”

संविधान निर्माणमा अजेण्डामा विवाद नभएको आचार्यको बुझाइ छ । उनी भन्छन्, “संघीयता चाहिने कि नचाहिने भन्ने विवाद भएको होइन, विवाद कस्तो संघीयता भन्नेमा मात्र हो ।” उनी अगाडि थप्छन, “अजेण्डामा मोनोपोली कपिराइटको कुरा गर्ने हो भने त नेपालको एकीकरण शाहवंशीय राजाहरुले गरे । के नेपालको जिम्मा शाहहरुलाई दिने ?”
माओवादीको हिंसात्मक विद्रोहको शुरुवात संसदीय प्रजातन्त्रलाई समाप्त पार्न र सत्ता कब्जा गर्नका लागि भएको भन्दै त्यसको कुनै अजेण्डा नभएको आचार्यको ठहर छ ।

संविधानसभा बाहिर रहेका दल र समूहहरुका राम्रा विचारहरुलाई भित्र रहेका दलहरुले उठाउनुपर्ने, तर जनमतको उपेक्षा गर्ने वा त्यसलाई सच्चाउनतर्फ लाग्न नहुने उनको सुझाव छ । धेरै समूह र दलहरुका विचारलाईसम्बोधन गर्न सकेमा संविधानसभा बलियो हुने र बाहिर रहेकाहरु पनि त्यसतर्फ आस्थावान हुँदै जाने आचार्यको भनाइ छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>