समाचारआइतबार, मंसिर १६, २०७०

सबै दललाई समेटेर सरकार बनाउँछौं: कोइराला

हिमालखबर

नेपाल कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले कांग्रेसले सरकारमा सबैलाई अटाउने बताएका छन् । विराटनगरमा १६ मंसीरमा पत्रकारसँगै उनले संविधानसभा सबैभन्दा ठूलो दल बनेकाले कांग्रेसको नेतृत्वमा सरकार बन्ने र त्यो सरकारमा सबै दललाई समेटिने बताए ।

उनले भने, “सबै दलको सहमतिमा कांग्रेसले छिट्टै सरकार बनाउने छ ।” संविधानसभा निर्वाचनले जातीय संघीयता बनाउने राजनीतिक एजेण्डा पराजित भएको दावी गर्दै उनले संविधानसभाले जातजातिको पहिचान सम्बोधन हुने गरी लोकतान्त्रिक संविधान निर्माण हुने बताए ।

उनले भने, “शासकीय स्वरुप एवम् सङ्घीयताको विवाद समाधानका लागि दलबीच सहमति खोज्ने, नभए दुई तिहाई बहुमतबाट समाधान गर्ने र त्यसो गर्दा पनि सहमति नभएमा जनमत सङ्ग्रहमा जान सकिन्छ ।”

उनले राष्ट्रपति र उपराष्ट्रपतिको पदावधिको वारे अन्तरिम संविधानमा उल्लेख नभएको हुनाले संविधान जारी नहुन्जेलसम्म त्यहि पदमा रहिरहुनपर्ने जिकिर गरे ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>