थप समाचारआइतबार, मंसिर १६, २०७०
बारामा हात्ती आतंक
बाराका विभिन्न ठाउँमा जंगली हात्तीले गाउँलेलाई दुःख दिने गरेको छ । बाराको डुमरवानामा १५ मंसीर राति जंगली हात्तीले आतंक मच्चायो । जंगलबाट निस्किएको हात्तीले डुरमवानाको वडा नम्बर ४, ६, ८ र ९ मा आतंक मच्चाएको हो ।
गाउँमा हात्ती पसेपछि स्थानीयवासिन्दा त्रसित भई जाग्राम बसेका थिए । १६ मंसीर बिहान भने हात्ती डुमरवानाको भवानीपुर हुँदै जंगल पसेको स्थानीय विवेक न्यौपानेले बताए ।
यसअघि १४ मंसीरमा जंगली हात्तीकै कारण बाराको पथलैया–निजगड सडकखण्ड आधा घण्टा अवरोध भएको थियो । जंगली हात्तीले महेन्द्र राजमार्ग अवरुद्ध गरेपछि यातायात सञ्चान बन्द भएको पथलैयाका दिपेन्द्र श्रेष्ठले बताए ।
पथलैयास्थित स्थानीमाई मन्दिरबाट निस्केको हात्ती गाउँ पस्न थालेपछि चौतारामा बसेका स्थानीय भागेका थिए । उनीहरुले गाडी चालकलाई सचेत गराएका थिए ।
श्याम गुप्ता, बारा
