थप समाचारआइतबार, मंसिर १६, २०७०

तनहुँमा एड्सबाट १७ को मृत्यु

हिमालखबर

तनहुँमा एचआईभी एड्स रोगका कारण १७ जनाको मृत्यु भएको छ । जिल्ला एड्स समन्वय समिति तनहुँले १६ मंसीरमा सार्वजनिक गरेको तथ्यांकअनुसार तीन वर्षको अवधिमा १७ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा १२ पुरुष र ५ महिला छन् । समितिकाअनुसार तनहुँमा २८५ जनामा एचआईभीको संक्रमण देखिएको छ ।

यस्तो संक्रमण हुनेमा १२१ युवावस्थाका पुरुष र १३६ महिला छन् । अभिभावकको संक्रमण उनीहरुका सन्ततिमा पनि सरेको पाइएको छ । १६ बालक र १२ बालिकामा यस्तो संक्रमण पाईएको छ ।

एचआईभी संक्रमणमा परेकामध्ये १०१ जनाले नियमित रुपमा एचआईभी विरुद्धको प्रतिरोध क्षमता बढाउने एन्टी रेट्रो भाईरल थेरापी सेवा लिईरहेको समितिका सदस्य श्रीराम कंडेलले जानकारी दिए । समितिले दमौली अस्पताल परिसरमै यस्तो सेवाको व्यवस्था गरेको छ ।

पवन पौडेल, तनहुँ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>