समाचारआइतबार, मंसिर १६, २०७०

आलम हत्याका आरोपी थुनामा

हिमालखबर

जिल्ला अदालत बाराले एमाले नेता महमुद आलमको हत्या अभियोगमा पक्राउ परेका पूर्व सभासद रामचन्द्र प्यासी कुशवाहासहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत बाराका न्यायाधीश तेजेन्द्रप्रसाद सापकोटाको एकल इजलासले कुशवाहासँगै भारतीय नागरिक अतिक खान र राजु श्रीवास्तवलाई थुनामा राख्न आदेश दिएको हो ।

उपलब्ध प्रमाणका आधारमा तीनै जना आलमको हत्याको घटनामा संलग्न देखिएकाले न्यायाधीशले तारेखमा छोड्न नमिल्ने आदेश दिएको बुझिएको छ ।

मुस्लिम ईतेहाद संगठनका अध्यक्ष समेत रहेका एमालेका केन्द्रीय सदस्य आलममाथि १८ कातिकमा गोली प्रहार भएको थियो । उनको उपचारको क्रममा २४ कात्तिकमा काठमाडौंमा निधन भएको थियो ।

श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>