समाचारसोमबार, मंसिर १७, २०७०

अपहरणगरी भारत पुर्‍याइएका बालक मुक्त

हिमालखबर

१५ मंसीरमा धरान– ७ का शर्फुल शेखका ११ वर्षीय छोरा क्रतिक शेखलाई भारतको पूर्णियास्थित जेलगञ्जबाट अपहरणमुक्त गराइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

१७ मंसीरमा पत्रकार सम्मेलन गरी प्रहरीले वालक शेखलाई भारत बिहार राज्यको पूर्णियास्थित जेलगञ्जबाट अपहरणमुत गरेको जनाएको छ ।

प्रहरीका अनुसार बालकलाई पूर्णियाका अताउल शेखले १५ मंसीर विहान १०:३० वजे अपहरण गरेपछि फोन गरी तीन लाख रुपैयाँ फिरौती मागेका थिए ।

बालक अपहरणमा परेको खवर १६ मंसीरमा पाएपछि  इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक मुकुन्द प्रसाद रिजालको नेतृत्वको टोलीले भारतीय प्रहरीको सहयोगमा बालकलाई अपहरणमुतक्त गराएको  हो ।
सोहन श्रेष्ठ, धरान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>