थप समाचारमंगलबार, मंसिर १८, २०७०
पर्सामा चरेश कारखाना
पर्सा प्रहरीले १३ किलो लागु औषध चरेस र चरेस प्रशोधन प्याकेजिङ गर्ने उपकरणसहित आठ जनालाई मुडली-७ बाट पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले स्थानीय शिवनाथ कुर्मीको घरबाट चरेश प्रशोधन र प्याकेजिङका लागि प्रयोग हुने उपकरण सहित चरेस बनाइरहेका ८ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा देवशँकर पटेल, रामनाथ पटेल, विनोद साह, विश्वनाथ पटेल, राजन पटेल, वैधनाथ राउत, होदा आलम, द्ववारिका साह रहेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी नायब निरीक्षक कृष्ण लामिछानेले जानकारी दिए ।
बिम्मी शर्मा, वीरगञ्ज
