थप समाचारमंगलबार, मंसिर १८, २०७०

रेग्मीको टोली देवी दर्शनमा

हिमालखबर

नेपाली सेनाको एमआई सेभेन्टीन एनए ०५३ हेलिकप्टरमा आएको मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी सहितको टोली पाथीभरा मन्दिरमा पुगी पूजाअर्चना गरी फर्केको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अध्यक्ष रेग्मीको सुरक्षार्थ पाथीभरामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली खटिएको थियो ।

यसअघि निर्वाचनको मुखैमा प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती, अर्थ मन्त्री शंकर कोईरालालगायतले पनि पाथिभरा देवीको दर्शन गरेका थिए ।

पाथीभरामा तत्कालिन राजादेखि प्रजातान्त्रिक सरकारका प्रधानमन्त्रीहरु पनि आउने गरेका छन् । पाथीभराको दर्शनपछि रेग्मी सहितको टोली भोजपुरको लेगुवामा निर्मित पूल उद्घाटन गर्न गएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।
राजेन्द्र श्रेष्ठ, पाँचथर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>