समाचारशुक्रबार, साउन ५, २०६९
तनावपछि एमाओवादी बैठक पुनः अवरुद्ध
राजधानीको भृकुटीमण्डपमा जारी बैठक ५ साउन मध्यान्हन पुनः स्थगित भएको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईको विरोधमा नारा लागेको बैठकमा सहभागी एक राज्य समितिले जानकारी दिए । दाहालपक्षकाले भट्टराईविरुद्ध र भट्टराईपक्षकाले दाहालविरुद्ध नाराबाजी गरेका हुन ।
भोजपुरा राज्य समितिको विषयमा विवाद भएको ती सदस्यले हिमालखबरलाई बताए । भोजपुरा राज्य समितिको टोली नेता अध्यक्ष दाहाल पक्षकालाई मान्ने कि उपाध्यक्ष भट्टराई र्समर्थकलाई भन्ने विषयमा विवाद भएको हो ।
विवाद बढ्दै गएपछि समाचार संकलनका लागि गएका पत्रकारहरूलाई एमाओवादीले गेट बाहिरै रोकेको छ । आर्थिक अनियमितताको विषय छानविन गर्न आयोग गठन भएपछि ४ साउनमा बैठक शुरु भएको थियो ।
