थप समाचारबुधबार, मंसिर १९, २०७०
‘मिडिया वास्तविक पर्यवक्षेक’
मानव अधिकार पत्रकार संघले १९ मंसीरमा काठमाडौंमा आयोजना गरेको ‘मानव अधिकार सुरक्षा र न्यायको प्रवद्र्धनमा सञ्चार’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै इन्सेक अध्यक्ष सुवोधराज प्याकुरेलले सुरक्षा र न्यायको लागि सूचनामाथि सर्वसाधारणको पहुँच सहज हुनुपर्ने भन्दै सञ्चारमाध्यमले सूचना प्रवाह गरेकै कारण मतदाताहरु सुसूचित हुन पाएको बताए ।
पछिल्लो समयमा स्थानीय सञ्चार माध्यमको लोकप्रियता बढ्दै जाँदा छिटै निष्कर्ष दिने आतुरताले सञ्चार माध्यमले गल्ती गर्ने सम्भावना पनि बढ्दै गएको प्याकुर्यालको भनाई थियो ।
कार्यक्रममा बोल्दै नेपाल प्रहरीको केन्द्रीय मानव अधिकार सेलका प्रमुख डिएसपी रञ्जीतकुमार कर्णले सञ्चारकर्मीले मानवअधिकारको संरक्षणसँगै आफ्नो पनि सुरक्षा गर्न भुल्न नहुने सुझाव दिए ।
त्यसैगरी मानव अधिकार पत्रकार संघका महासचिव गणेशप्रसाद घिमिरेले समाचार तयार पार्दा मानव अधिकारका कुरालाई पनि बिर्सन नहुने बताए ।
