थप समाचारबिहीबार, मंसिर २०, २०७०

निर्वाचनपछि मकालुमा पर्यटक बढे

हिमालखबर

मकालु बरुण राष्ट्रिय निकुन्जमा आउने विदेशी पर्यटकहरुको संख्या बढेको छ ।

मकालु हिमाल आरोहण र निकुन्जमा संरक्षित बन्यजन्तु, पंक्षी र पुतली हेर्न यस वर्ष साउनदेखि कात्तिक सम्ममा बाह्य र आन्तरिक गरी ५ सय जना पर्यटक भित्रिएका छन् ।

निकुन्जको तथ्याङक अनुसार साउन महिनादेखि असोज महिनासम्ममा विदेशी मुलुकबाट २२२ जना र सार्क मुलुकका ११ जना आएका छन् ।

निकुन्जका प्रमुख ऋषि रानाभाटका अनुसार पहिले पहिले कात्तिक मंसीर महिनामा उल्लेख्य मात्रामा पर्यटकको आगमन हुने गरेको थियो तर, एमाओवादीको सशस्त्र हिंसाका बेला घटेका पर्यटकहरु संविधानसभाको दोस्रो निर्वाचनपछि बढ्न थालेका छन् ।

निकुन्ज मात्र नभएर मकालु हिमाल आरोहण र मनोरम दृश्य भएका कारण घुमघामका उद्देश्यले बढी पर्यटक आउने गरेको रानाभाटले जानकारी दिए  ।

निकुन्जमा आर्थिक बर्ष ०६९÷०७० मा ८ सय १९ जना पर्यटक भित्रिएका थियए निकुन्जले ३ करोड ८२ लाख राजश्व संकलन गरेको थियो ।

निकुन्जमा ४३५ मिटरदेखि ८ हजार ४८३ मिटर उचाईसम्मको जैबिक बिबिधता भएका कारण पर्यटकहरु घुमघामसँगै जैबिक बिबिधताको अध्ययन र अवलोकनका लागि आउने गरेको पाइन्छ ।

सुरक्षाकर्मीको उपस्थिति बिना स्थानीयबासीको मात्र सहयोगमा संरक्षण गरिएको यो निकुन्जमा रेड पाण्डा, हिउँ चितुवा, कस्तुरी ,हिमाली कालो भालु, डाँफे, मयुर, मुनाल लगायतका लोपन्मुख बन्यजन्तुको अवलोकन गर्न पाइन्छ ।

छेटु शेर्पा, सङ्खुवासभा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>