समाचारबिहीबार, मंसिर २०, २०७०

पद बाँडफाँड बारे कोइराला–खनाल छलफल

हिमालखबर

फाइल तस्बीर: हिमालखबर

कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालबीच २० मंसीरमा भएको भेटमा ताजा जनादेशका आधारमा राष्ट्रपति र उपराष्ट्रपति पनि अनुमोदन हुनुपर्ने विषयमा छलफल भएको छ ।

खनाल निवास डल्लुमा भएको भेटमा दुवै दलका प्रमुखहरु कुनै निष्कर्षमा नपुगे पनि ताजा जनादेशको आधारमा शक्ति सन्तुलन गरेर अघि बढ्न छलफललाई तीव्र पार्ने सहमति भएको सभापति कोइरालाले जानकारी दिए ।

भेटमा अध्यक्ष खनालले शक्ति बा“डफा“डका विषयमा नेपाली कांग्रेसले सबै पक्षको चित बुझाउनुपर्ने प्रस्ताव राखेका थिए ।

सञ्चराकर्मीहरुस“ग कुरा गर्दै नेपाली कांग्रेसका सभापति कोइरालाले तोकिएको समयमा संविधान जारी गर्न र शक्ति सन्तुलन कायम गरेर सरकार निर्माणका विषयमा सबै पक्षस“ग छलफल गरेर अघि बढ्न कांग्रेस तयार रहेको बताए । उनले संविधान निर्माणमा असंतुष्ट सबै पक्षहरुलाई समावेस गराएर मात्र अघि बढ्ने समेत जानकारी दिएका थिए ।

नेकपा एमाले अध्यक्ष खनालले शक्ति सन्ुतलन कायम गरेर अघि बढेमात्र समयमै संविधान जारी गर्न सकिने बताए । उनले दुवै पार्टीले सरकार गठन र अधिकार बा“डफा“डका विषयमा सहमति गरेपछि मात्र अन्य दललाई सामेल गरेर अघि बढ्न सकिने धारणा राखे ।

नेकपा एमालेले ताजा जनादेश अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्नुपर्ने आधिकारिक धारणा राखेलगत्तै सभापति कोइराला एमाले अध्यक्ष खनाललाई भेट्न डल्लु पुगेका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>