समाचारबिहीबार, मंसिर २०, २०७०

कांग्रेस घमण्ड देखाउँदैछः नेता नेपाल

हिमालखबर

काठमाडौंको कोटेश्वरस्थित आफ्नै निवासमा चिनियाँ राजदुत वु चुन्ताई र पाकिस्तानी राजदूत अर्सद साउद खोसासँगको बेग्लाबेग्लै भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले नेता नेपालले कांग्रेसमा जीतको घमण्ड देखिएको आरोप लगाएका छन् ।

नेता नेपालले मुलुकमा स्थिरता कायम गरी संविधान निर्माण गर्न कांग्रेस र एमालेको सहकार्य आवश्यक रहेको भन्दै निर्वाचन परिणाममा कांग्रेसले एमालेभन्दा सामान्य अग्रता पाएपछि उनीहरुमा उन्माद चढेको दाबी गरे । उनले भने, “एमाले विपक्षमा बसे हुन्छ भन्ने कांग्रेसको अभिव्यक्ति त्यही उन्मादको अभिव्यक्ति हो ।”

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा संविधानसभामा बलियो विपक्षी चाहिने भन्दै एमाले विपक्षमा बसे हुने भन्ने आशयको टिप्पणी गरेका थिए ।

नेता नेपालले नेपाली कांग्रेस र नेकपा एमालेले संविधानसभाको विपक्षमा रहेका दलहरुलाई समेत समेटेर संविधान निर्माणमा अघि बढ्नु पर्ने चुनौति आएका बेला दम्भप्रदर्शनले कसैको हित नगर्ने बताए ।

निर्वाचन परिणाम सार्वजनिक भएपछि एमाओवादीले लोकतन्त्रको मान्यतालाई उल्लंघन गरेको भन्दै उनले एमाओवादीलाई हार स्वीकार्न आग्रह गरे ।

भेटमा दुवै देशका राजदूतले नेपालमा राजनीतिक संंक्रमण लम्बिएकोमा चासो व्यक्त गर्दै संविधान निर्माण कार्य छिटो शुरु गर्न आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>