थप समाचारबिहीबार, मंसिर २०, २०७०
अमेरिकामा रहेका नेपालीको समाज सेवा
अमेरिकामा कार्यरत तनहुँ थर्पूका शिव मल्लले आफूले अध्ययन गरेको थर्पूस्थित मीन उच्च माविको सहयोगका लागि थालेको अभियानमा हालसम्म अमेरिका र अष्ट्रेलियाबाट ३ लाख ३८ हजार रुपैयाँ संकल भइसकेको छ ।
मल्लले फेसबुकमार्फत थालेको अभियानमा विद्यालयका पूर्व विद्यार्थीबाहेक दुबै देशमा कार्यरत अन्य नेपालीले पनि सहयोग गरिरहेका छन् । यसअघि मल्लले संकलन गरेको रकमबाट विद्यालयमा पुस्तकलाय स्थापना भइसकेको छ । पुस्तकालय सहित आवश्यक शैक्षिक पूर्वाधारको कमीको सामना गरिरहेको विद्यालयका लागि मल्ल एक्लैले रु ३ लाख सहयोग गरेका थिए ।
पुस्तकालय भएपनि छुट्टै भवनको अभाव भएपछि उनले भवन निर्माणका लागि पनि आर्थिक सहयोग जुटाउने अभियान थालेका छन् । रु १० लाख संकलन गर्ने लक्ष्य राखेका मल्लले विद्यालयले पुष २६ गते मनाउने स्वर्ण महोत्स्वमा संकलित रकम हस्तान्तरण गर्ने योजना रहेको बताए ।
अमेरिकाको क्यालिफोर्नियास्थिते ड्रिजर करपोरेशनमा प्राविधिक पदमा कार्यरत मल्लको अभियानमा अमेरिकाबाट मात्र रु २ लाख ८३ हजार संकलन भएको छ । यसैगरी अष्ट्रेलियाबाट रु ५४ हजार संकलन भएको छ । १९ मंसीरमा मात्र अमेरिकाबाट रु ९१ हजार आर्थिक संकलन भएको थियो ।
उनले थालेको अभियानबारे स्थानीय पत्रिकाले प्रकाशन गरेको समाचार फेसबुकमा राखेपछि दाताहरु अझै बढेको मल्लले बताए ।
पवन पौडेल, तनहुँ
