थप समाचारबिहीबार, मंसिर २०, २०७०

अजिंगरसहित एक जना पक्राउ

हिमालखबर

भारतीय नागरिकको साथबाट नियन्त्रणमा लिइएको अजिंगरसंरक्षित सूचीमा रहेको अजिंगरको प्रदर्शन गर्दै हिडिरहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भारत राजस्थानका बालकनाथ नाम गरेका व्यक्तिलाई १९ मंसीरमा काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो ।

उनको साथबाट सरिसृप अजिंगर पनि नियन्त्रणमा लिएको सीआईबीले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा अजिंगरलाई संरक्षित सूचिमा राखिएको छ ।

अन्दाजी २५ वर्षीय बालकनाथलाई आवश्यक कारवाहीका लागि २० मंसीरमा जिल्ला वन कार्यालय काठमाडौंमा बुझाइएको सीआईबीको भनाई छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>